सेयर बजारभित्रको खेल बुझ्न चाहनुहुन्छ ? यी ५ चलचित्र हेर्नुहोस्



सेयर बजारको खेलाडी हुनुहुन्छ ? वा सेयर बजारमा प्रवेश गर्न चाहनुहुन्छ वा रुचि नै छ भने पनि तपाईका लागि त्यसभित्रको खेल बुझ्नका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छन् ।

जसमा बलिउड र हलिउड दुबै क्षेत्रका चलचिलहरु हेर्न सक्नुहुन्छ । आज हामी सेयर बजार, यसभित्रको खेल कसरी खेलिन्छ र त्यसको परिणाम के हुन्छ भन्ने विषयमा बनाइएका केही चलचित्रका बारेमा जानकारी दिँदैछौं ।

१) गफ्ला
बलिउडमा बनेको चलचित्रमध्ये ‘गफ्ला’ पनि एक हो । ४ हजार २५ करोड रुपैयाँको घोटलाको विषयमा बनाइएको थियो । जसलाई हर्सल मेहताले वास्तविक जीवनमा घटना गराएका थिए । सोही घटनालाई आधारित बनाएको बनाइएको गफ्ला चलचित्रमा कसरी सानो सहरबाट आएको एक युवक जसलाई जीवनमा निकै कम अवसरहरु पाएको छ ऊ कसरी ठूलो खेलाडी बन्यो र कसरी अवसान भयो भन्ने विषय उतारिएको छ । जसको मुख्य सन्देश आफ्नो सबै सम्पत्ति कहिले सेयरमा नलगाउनु होस भन्ने दिएको छ ।

२) बाजार
बाजार मेनस्ट्रिम मुभी हो जसमा सेफ अलि खानले मुख्य भूमिका निर्वाह गरेका छन् । जसमा सेफ अलि खानको व्यक्तित्वलाई पछ्याउँदै सानो सहरबाट एकजना युवक मुम्बई पुग्छ । खानलाई रोलमोडल मानेर काम गर्छ र एकदिन खानसँग काम गर्न पुग्छ । खानसँग मिलेर काम गर्दा कसरी सेयर बजारभित्रको कन्सेप्ट अफ होस्टायल टेक ओभर, इन्साइडर ट्रेडिङ कसरी हुन्छ भन्ने थाहा पाउँछ । सेयर बजारमा रुचि राख्नेका लागि यो चलचित्र भरपूर ज्ञान र मनोरञ्जन समेत दिन्छ । कसरी सेयर बजारमा रानीतिकको खेलको पनि विषय समावेश गरिएको छ ।

३) द वोल्फ अफ वाल स्ट्रिट जर्नल
यो चललित्र जोर्डन वेल्फोर्ट नामक ब्रोकरको वास्तविक जीवनमा आधारित छ । जसको भूमिकामा लियार्दोे डिकार्पियो छन् । वेल्फोर्ट कसरी सेयर बजारमा आफ्नो एग्रेसिभ स्टाइलले चर्चित भए र विलासी जीवनशैलीको चक्करमा कसरी क्राइम र भ्रष्टाचारमा पर्छन भन्ने कुरा राम्रोसँग उतारिएको छ । कसरी उनी पक्राउ पर्छन भन्ने छ । चलचित्रले सेयर बजारको खेलमा कहिल्यै पनि सटकट नलिनु भन्ने सन्देश दिएको छ ।

४) मार्जिन कल
सन् २००८ मा विश्वबजारमा आएको आर्थिक मन्दीको समयको विषयलाई उठान गरिएको छ । तत्कालिन समयमा २४ घण्टा पहिले एक कम्पनीमा कसरी लगानी गरेर एउटा कम्पनीले फसेको थियो र कसरी बाहिर आएको थियो भन्ने विषय उतारिएको छ । कसरी मानिसहरु गलत आचरणका कारण सेयरको खेलमा फस्छन भन्ने देखाइएको छ ।

५) वाल स्ट्रिट
यस चलचित्रमा कसरी एक युवकले इन्साइडर ट्रेडिङ र अन्य गैरकानूनी प्रयोगमार्फत सेयर बजारमा खेल खेल्छन भन्ने विषयलाई उतारिएको छ । तर पछि यस चक्करमा कैयन लगानीकर्ताको जीवन बर्बाद भएपछि सबै ठीक गर्नतर्फ लाग्छ । यस चलचित्रमा छिटो पैसा कमाउनका लागि गलत काम गर्नुहुँदैन र यसले जीवनमा आफैलाई घाटा गराउँछ भन्ने पाठ सिकाएको छ ।


क्लिकमान्डु