रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको आईपीओ ल्याउँदै



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले रेटिङ गराएको छ ।

रेटिङमा कम्पनीले आईपीओ ग्रेड ४ पाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित ६३ लाख कित्ता सेयर निस्कासन गर्ने भएको हो । कम्पनीले न्यूनत पूँजी पुर्याउनका लागि आईपीओ जारी गर्ने भएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्समा १८ प्रतिशत स्वामित्व सिद्धार्थ बैंकको छ । त्यसैले बैंकको एक जना कम्पनीको सञ्चालक समितिमा रहनेछन् ।

कम्पनीमा अग्नी होल्डिङ प्रालि, एमसी ग्रुप, केडिया अर्गनाइजेसन, रिलायन्स ग्रुप, शिवशक्ती ग्रुपलगायत स्वामित्व छ ।


क्लिकमान्डु