प्रभु लाइफ इन्स्योरेन्सले थप्यो नयाँ तीन शाखा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुमा सुर्खेत शाखा, टिकापुर उप–शाखा तथा अत्तरिया उप–शाखा रहेका छन् । सुर्खेत, टिकापुर तथा अत्तरिया तीनवटै कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले गरेका छन ।
समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।
आगामी दिनहरुमा कम्पनीले आवश्यकता अनुरुप देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि ६० करोडको शेयर निष्काशन गर्ने तयारीमा रहेको जानकारी गराए ।