नेप्सले लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल कायम रहको चुक्ता पुँजी ५० करोड रुपैयाँको ४० प्रतिशत हुन आउने २० रुपैयाँ नगद लाभांश नेप्सेले सेयरधनीमा वितरण गर्ने घोषणा गरेको हो ।

घोषणा गरिएको नगद लाभांश पारित गर्न नेप्सेले आगामी पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंक र प्रभु बैंकको ५÷५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ६.१२ प्रतिशत र ब्रोकर ०.६२ प्रतिशत ब्रोकरहरुको सेयर स्वामित्व रहेको छ ।

वार्षिक साधारणसभामा प्रबन्धपत्र/ संशोधन  गर्ने नेप्सेले विषेश प्रस्ताव गर्ने पनि जनाएको छ ।


क्लिकमान्डु