नेप्सेमा झिनो सुधार



काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार नेप्से १.८२ अंकले बढेर ११६८.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५१ अंकले बढेर २५४.७२ मा पुगेको छ ।

नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने सामान्य देखिएको छ । कुल १७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता सेयर ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १२ उपसमूहमध्ये ४ उपसमूहको सेयर ओरालो लागेको छ भने ८ उपसमूहको सेयर बढेको छ । गुमाउनेमा व्यापार २.२५, जलविद्युत् २.७३, फाइनान्स १ र माइक्रोफाइनान्स ५.९८ छन् । यस्तै, बैंकिङ ०.४२, होटल ६.१२, विकास बैंक १.२, निर्जीवन बीमा १६.२२, उत्पादन १९.९, जीवन बीमा ६९.७, म्यूचुअल फन्ड ०.०१ र अन्य २.०९ ले बढेका छन् ।

नेप्सेका अनुसार सानिमा बैंकको ऋणपत्रको ४ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक र प्राइम बैंकको साढे ४ करोडभन्दा माथिको कारोबार भएको छ ।

यस्तै, शिवम् सिमेन्टको साढे ३ करोड बराबरको कारोबार हुँदा माछापुछ«े बैंकको पनि ३ करोड माथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार सबैभन्दा बढी कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । उनीहरुले ९.८९ प्रतिशतले कमाए । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.७१, सिर्जना फाइनान्सका लगानीकर्ताले ३.८० प्रतिशतले कमाए ।

त्यस्तै धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ता छन् ।


क्लिकमान्डु