ओली सरकारबाट समाजबाटी पार्टी बाहिरियो , उपप्रधानमन्त्री यादव र मन्त्रीले राजीनामा बुझाए
काठमाडौं । समाजवादी पार्टीले नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरेको छ । सरकारले सहमति कार्यान्वयन नगरेकाे भन्दै पार्टीले सरकार छाेड्ने निर्णाय गरेकाे विज्ञप्तिमा उल्लेख छ । सहमित कार्यान्यवयन नभएपछि नैतिकताका अाधारमा दिएकाे बताइएकाे छ ।
सरकारबाट बाहिरिएपछि उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।
उपप्रधानमन्त्री यादबसँगै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन्। उनी समाजबादी पार्टीबाटै मन्त्री बनेका थिए ।
यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा राजीनामा बुझाएका छन् ।