ज्योति विकास बैंकको साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?
काठमाडौं । ज्योति विकास बैंकको १२ औं साधारण सभा पुस २९ गते हुने भएको छ ।
उक्त साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १२.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाने जनाएको छ ।
उक्त साधारण सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने प्रस्ताव पनि लैजाने भएको छ ।
उक्त साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुने जारी सूचनामा उल्लेख छ ।
पुस २९ गते हुने साभारण सभाको लागि बैंकले पुस १६ देखि २९ गतेसम्म सेयर दर्ता पूस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ ।
बैंकको साधारण सभामा भाग लिनका लागि पुस १५ गतेसम्म सेयर खरिद गर्नुपर्ने छ । बैंकको साधारणसभा राष्ट्रिय सभागृहमा बिहान ११ बजे सुरु हुनेछ ।