पुर्नबीमा कम्पनीको सीइओमा शंकर कुमार रायमाझी नियुक्त
काठमाडौ । पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शंकर कुमार रायमाझी चयन भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी रायमाझी पुर्नबीमा कम्पनीको सीइओ बनेका हुन् ।
पुनर्बीमा कम्पनीको सीइओका लागि ४ जनाले आवेदन दिएका थिए । रायमाझीले ३ जनालाई उछिन्दै सीइओ बनेका छन् ।
सीइओको प्रतिस्पर्धामा रायमाझीका साथै कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, पुनर्बीमा कम्पनीकै निवर्तमान सीइओ चिरायु भण्डारी र नेपालराष्ट्र बैंकका अशोककुमार पौडेलले आवेदन दिएका थिए । रायमाझीले आचार्य, भन्डारी र पाैडेललाई पछि पार्दै सीइओ बनेका हुन् ।
अर्थमन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजकत्वमा छनोट समितिमा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुर्नबीमा कम्पनीका सञ्चालक रमेश रानासदस्य रहेका थिए ।