सिएहरुलाई अर्थमन्त्री खतिवडाको क्लास,अडिटमा बद्मासी नगर्न आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिएहरुलाई फ्रड कम्पनीको पनि मज्जैले अडिट गर्ने काम नगर्न आग्रह गरेका छन् । राजधानीमा आयाजित प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक नेशनल कन्फ्रेन्समा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

‘फ्रड फर्म दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिएको छ, अहिले कतिपय अवस्थामा फ्रड फर्मको मज्जैले अडिट गरेर सबै ठिक छ भनिएको छ’ उनले भने ।

कम्पनी रजिष्टारमा कम्पनी दर्ता भएको छ, कतिपयको नागरिकता नक्कली छन, कति अन्जान नागरिकको नागरिकता लिएर फर्म दर्ता भएको मन्त्री खतिवडाले बताए । उनले भने ‘एकाउन्ट हेर्दा सबै ठिकै छ । अडिटर जानुहुन्छ, मैले जाने बुझे अनुसार सबै विवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ, त्यसको फ्रड जरैबाट हुने गरेको छ ।’

पछिल्लो समयमा फाइनान्सियल फ्रड निकै हुन थालेको भन्दै त्यसको लागि फ्रड कम्पनी खोल्ने र प्रविधिलाई प्रयोग गर्ने क्रम बढेको उनको तर्कछ ।

उनले भने ‘कानून व्यवसायीहरुले जो मेरो बहस गरिदिनु भनेर आउने हो उसको बहस गर्नु मेरो दायित्व हो भन्नुहुन्छ, अडिटरले पनि मेरो कम्पनीको अडिट गर्दै भनेर आउनेको कम्पनी कस्तो छ भनेर जानकारी नै नलिइ लेखापरीक्षण गर्नु मेरो धर्म हो भन्यो भने समस्या सृजना हुन्छ ।’ मेरो काम हो भन्दैमा जे पायो त्यही काम नगर्न समेत आग्रह गरेका छन् ।

अडिटगर्नेहरुको व्यवसायीक दक्षता हुन आवश्यक रहेको मन्त्रीको भनाई छ ।

संघियता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र भित्रको जवाफदेहिताको सन्दर्भमा कही कतै समस्या कायमै रहेको बताए । यस्ता अन्योलता  हल गर्नको लागि कानून निर्माण भइसकेको बताए । केही कानून संसदमा रहेको र त्यो पास भएपछि लेखापरीक्षकदेखि लेखा राख्नेसम्मलाई तथा व्यवसायीलाई व्यवस्थित हुने गरी काम गर्ने बताए ।

अन्तसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐन संसदमा लैजाने क्रममा रहेको बताए । यस्ता ऐनले व्यवसायीक इट्रिग्रिटी हुने उनको विश्वास छ ।

वित्तीय क्षेत्रका नियामक कानून बन्ने क्रममा रहेको र त्यसले नियामक नियामक निकायले राम्रोसँग हेरेको खण्डमा त्यस मातहतमा हुने भ्रष्टाचार रोक्न सकिने बताए । नेपाल राष्ट्र बैंंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा ऐन, धितोपत्र ऐन, कम्पनी ऐन संशोधनको प्रकृया अघि बढेको बताए । मन्त्री खतिवडाका अनुसार हिउँदै अधिवेशनमा यी मध्ये धेरै ऐन पास हुने बताए ।

कार्यक्रममा नेपाल चार्टड एकाउन्टेन संस्था (आइक्यान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले उक्त कार्यक्रम राज्यको निती निर्माणमा सहयोग पुगोस भनेर आयोजना गरेको बताए । कार्यक्रमबाट आएको रिपोर्ट कार्यान्वयनको लागि सरोकारवाला निकायमा दिने समेत जानकारी गराए ।


क्लिकमान्डु