सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा खुल्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो १०६ औं शाखा अर्घाखाँचीमा सञ्चालनमा ल्याइएको जनाएको छ ।
उक्त नयाँ शाखाको उदघाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयुक्त रुपमा गरेका थिए ।
शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल तथा उपप्रमुख ठाकुर कुमार वि. क., कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाल, प्रमुख व्यवसाय अधिकृत – मध्य पश्चिम क्षेत्र सुनिल पोखरेल, शाखा प्रमुख लक्ष्मण मरासिनी तथा गुल््मी शाखा प्रमुख दिपक पोखरेल विभिन्न व्यक्ति एवम् सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सले अर्घाखाँची लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमाशुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।