मारुती सुजकीले बेच्यो ५ वर्षमा ६ लाख अटोमेटिक भेरियन्टका कार




काठमाडौं । गाडी उत्पादक कम्पनी मारुती सुजुकीले अटोमेटिक भेरियन्टका कार बिक्री तथ्यांकमा पनि राम्रो रेकर्ड बनाएको छ । कम्पनीका अनुसार ५ वर्षमा ६ लाख अटोमेटिक भेरियन्टका कार बिक्री भएका छन् ।

अहिले मारुती सुजुकीले गाडीमा अटो गियर सिफ्ट, टर्क कन्भर्टर र सिभिटी जस्ता विभिन्न सुविधा दिँदै आएको छ ।

एजिएस अर्थात् अटोमेटिक गियर सिफ्ट सिस्टम अल्टो के–१०, एसप्रेसो, वागन आर, सेलेरियो, इग्निस, स्वीफ्ट, डिजायर र भिटारा ब्रेजा गाडीमा उपलब्ध छ ।

त्यसैगरी टर्क कन्भर्टर ट्रान्समिसन सुविधा एर्टिगा, सियाज, र एक्सएल–६ गाडीमा उपलब्ध छ । जबकि बलेनोमा भने सिभिटी सुविधा उपलब्ध छ ।

मारुती सुजुकीद्वारा उत्पादित सेलेरियो कार अटोमेटिक ट्रान्समिसन सुविधा हुने पहिलो कार हो । सन् २०१४ मा सेलेरियो कार एजिएस सुविधासहित सार्वजनिक भएको थियो ।

सुरुवाती चरणमा गाडीको बिक्रीदर न्यून भएपनि आर्थिक वर्ष सन् २०१८÷१९मा मात्रै सुजुकीले २ लाख भन्दा भेरै अटोमेटिक ट्रान्समिसन सुविधा भएका गाडी बिक्री गर्यो ।
एसप्रेसो मारुती सुजुकीद्वारा उत्पादित एजिएस प्रविधि भएको पछिल्लो कार हो ।


क्लिकमान्डु