मर्सिडिजको इलेक्ट्रिक इक्यूए कार सन् २०२० मा ग्लोवल डेब्यु हुने




काठमाडौं । मर्सिडिज बेन्जद्वारा उत्पादित इलेक्ट्रिक इक्यूए कारको सन् २०२० मा ग्लोवल डेब्यु हुने भएको छ । कम्पनीका सिइओ ओला कल्लेनियसले शुरुवाती चरणको इलेक्ट्रिक कारका रुपमा उत्पादन हुने इक्यूएको ग्लोवल डेब्यु गर्न लागेको औपचारिक घोषणा गरेका छन् ।

कम्पनीद्वारा उत्पादित दोस्रो पुस्ताको जीएलए कार सार्वजनिक कार्यक्रममा बोल्दै सिइओ कल्लेनियसले उक्त घोषणा गरेका हुन ।

आगामी वर्ष अन्तर्राष्ट्रिय रुपमा बिक्री शुरु हुने यो कार एकपटकको फुल चार्जमा ४ सय किलोमिटर गुड्ने कम्पनीकोे दाबी छ । यो मोडलको कार फ्रान्समा रहेको मर्सिडिज ह्याम्बाच प्लान्टमा उत्पादन हुनेछ । यो कार फ्रान्समा उत्पादन हुने पहिलो मर्सिडिज कार हुनेछ ।

यसका साथै यो कार नयाँ इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा उत्पादन हुनेछ जुन मर्सिडिजले आगामी सबै इक्यूए मोडलका गाडीमा प्रयोग गर्न मिल्ने गरी बनाएको छ ।
यो प्लेटफर्मले फ्रन्ट, रियल वा फोर ह्वील ड्राइभलाई सर्पोट गर्नेछ जसमा एउटा वा दुईवटा इलेक्ट्रिक मोटर रहनेछन् ।


क्लिकमान्डु