सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान




काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको जीतपुर शाखाले बीमा दावी वापत १ करोड ५० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई १ करोड ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।

बुटवल १३ बेलबास निवासी पौडेलले १५ वर्षे बीमा अन्र्तगत ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । पौडेलकी १ छोरी रहेकी छन । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो ।


क्लिकमान्डु