युहिमको आधिकारिक लोकार्पण सम्पन्न



काठमाडौँ । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्र्तगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्सको आधिकारिक लोकार्पण सम्पन्न भएको छ । धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम भव्यताका साथ संचालन गरिएको थियो ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यातनिर्माण कम्पनीहरु जस्तै सन्वार्ड , सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु ः एक्सकाभेटर , ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान , जर्मनी , साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई , कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्र्तराष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकको विश्वास जित्न तत्पर रहिआएको छ ।

क्याटरपिल्लर , कोमात्सु , कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेकोले निर्माण उपकरणहरुको गुणस्तर , प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर , विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ ।


क्लिकमान्डु