सेयर बजारमा देखिएन सुधार



काठमाडौं । कारोबारको सुरुमा सेयर बजारमा सुधारको सामान्य संकेत देखिएपनि अन्तिम समयमा भने ४.७८ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक ४.७८ अंकले घटेर परिसूचक ११६७.८६ बिन्दुमा रोकिएको छ ।

१७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता सेयर ६८ करोड ६० लाख ७६ हजार १११ रुपैयाँमा किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ २.८२, टे«डिङ १५.९२ र अन्य समूहको उपसूचकमा २.२९ अंकको सुुधार देखिएको छ भने बाँकी रहेका उपसमुहमा गिरावट आएको छ । कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । एनएमबी बैंकको ६ करोड ३७ लाख १५ हजार ९३५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेला बैंक र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापन समूह रहेको छ ।

राष्ट्रिय बीमा कम्पनी, यूनाइटेड इन्स्योरेन्स, यूनाइटेड मोदी हाईड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन भने स्पर्श लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स, कालिका पावर कम्पनी, फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु