महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग




काठमाडौं । महालक्ष्मी विकास बैंकको नँयाबजार शाखाले मानव सेवा समाजलार्इृ तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यव्रmम सम्पन्न गरेको छ ।

मानव सेवा समाजले खुला आकाशमुनी कष्टपुर्ण बिताइरहेका अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई गर्ने संस्था हो । शाखाले आश्रममा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु