जावलाखेल युवा क्लबको मूख्य प्रायोजक प्रभु बैंक बन्ने




काठमाडौं । प्रभु बैंक जावलाखेलस्थित जावलाखेल युवा क्लबको मूख्य प्रयोजक बन्ने भएको छ । प्रभु बैंक र जावलाखेल युवा क्लबबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो ।
ललितपुर जिल्लाको झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्पmबाट अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मूख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ ।

जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंकमा आप्mनो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् सञ्चालन गर्नेछ । जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंकलेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्नेछ ।


क्लिकमान्डु