नाडा अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध, अटोमोबाइल्स क्षेत्रको मनोबल बढाउन काम गर्ने



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध चुनिने भएका छन् ।

अध्यक्षमा दुलालको मात्र उम्मेद्वारी परेपछि नयाँ कार्यसमितिको अध्यक्षमा दुलाल निर्विरोध हुने पक्का पएको हो । अध्यक्षमा चुनाव लड्ने भनेका प्रकाश कपुरीले उम्मेद्वारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् ।

नाडाको आगामी शुक्रबार हुने साधारणसभापछि नाडाको अध्यक्ष दुलाल बन्ने छन् । अहिलेको कार्यसमितिमा उपाध्यक्ष थिए ।

दुलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् ।

अध्यक्षमा निर्विरोध भएपछि दुलालले अध्यक्षको रुपमा अटोमोबाइल्स क्षेत्रको मनोबल बढाउने गरेर आफुले काम गर्ने बताए । ‘अहिले अटोमोबाल्स व्यवसायमा केही समस्या देखिएको छ,त्यसलाई सुधार गर्न सरकारसँग मिलेर काम गर्छु,’दुलालले भने ।

नाडाको साधारणसभाले अध्यक्ष तथा कार्यसमितिको चयन गर्ने छ ।

नाडाको कार्यसमिति सदस्यमा पनि निर्विरोध भएको छ । सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ रहेका छन्।

त्यस्तै निराकार श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलम पाठक पनि निर्विरोध भए ।

नाडाको संस्थागततर्फबाट ध्रुवबहादुर थापा, सुभाष आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध चुनिएका छन् ।

पदाधिकारी भने कार्यसमतिमिा चयन गर्ने व्यवस्था विधानमा छ ।


क्लिकमान्डु