बीमाको जनचेतना जगाउन नेपाल भारत सिमानामा होर्डिङ बोर्ड



काठमाडौं । भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा राखिएको छ । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी(निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए । ‘नेपाली बीमा कम्पनीमा बीमा गरौं,राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको छ ।
बीमा समितिले नेपाल भारत सिमा नाकामा नेपाली  बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ ।

यस्तै निम्सले नेपाल अपांग आश्रम बुटवल देवीनगरमा खाद्यान्य तथा आवश्यक सामाग्री समेत सहयोग गरेको छ । बीमा समितिका अध्यक्ष चापागाईँले सहयोग हस्तान्तरण गरेका थिए ।


क्लिकमान्डु