एनआइसी एशिया र फुडमान्डुबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंक र फुडमान्डुबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

यस सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु