गरिमा विकास बैंकको १७ प्रतिशत लाभाशं पारित



काठमाडौं । गरिमा विकास बैंकको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको छ ।

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैंया चुक्ता पूँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ ।


क्लिकमान्डु