बाजेको सेकुवाको १४औं शाखा अमेरीकाको टेक्सासमा



काठमाडौं ।  रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४औं शाखा अमेरीकाको टेक्सास राज्यको डालास शहरमा शुक्रबारबाट सञ्चालनमा आएको छ । लोकप्रिय नेपाली गायक शिव परियारको सांगितीक कार्यक्रमका बिच १३ डिसेम्बरमा नयाँ शाखाको समुद्घाटन  गरीएको छ । टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद
मनपराउने विदेशीलाई लक्षित गर्दै उक्त शाखा विस्तार गरेको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए ।

अप्रेशन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवाले अमेरीकामा आफ्नो ट्रेडमार्क  दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा संचालनमा ल्याइएको बताएका छन् । नयाँ
शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन् । यस अघि अमेरिकाको न्युयोर्कमा लाइसेन्स मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरर्ह ेको छ ।
डालास लगत्त अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडी बढिसकेको छ । नेपालमा थप नेपालगञ्ज, विराटनगर, र चितवनको मुग्लिनमा पनि
शाखा विस्तार गर्ने तयारी भइरहेको छ । भर्खर भक्तपूरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन् ।

यो लाइसेन्स मोडेलको रेष्टुरेन्टमा शर्त अनुसार तोकिएको लाइसेन्स शुल्क र मासिक व्यापारको केही प्रतिशत रोयल्टी तिर्ने सहमतीमा बाजेको सेकुवा ब्राण्डको रेष्टुरेन्ट
सञ्चालनका लागि स्वीकृति दिने गरेको छ ।  सिनामंगलबाट ४ दशक अगाडी सुरु भएको बाजेको सेकुवा रेष्टुरेन्ट अन्तर्गत उपत्यका बाहिर ३ वटा, अमेरीकामा २ वटा शाखा सहित १४ वटा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । विदेशमा पनि शाखा विस्तार गर्दै नेपाली मौलिक स्वादका माध्यमले नेपाललाई विश्व सामु चिनाउने कम्पनीको लक्ष्य रहेको अप्रेशन प्रमुख तिमल्सिनाले जानकारी दिए


क्लिकमान्डु