टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिग हुने

क्लिकमान्डु २०७६ मंसिर २६ गते १६:१३ मा प्रकाशित

टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थित अत्याधुनीक सोरुममा मिति २०७६ मंसिर २७ गते शुक्रवार देखि सुरु भई मंसिर २९ गते आइतवार सम्म संचालन हुनेछ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ ।

उक्त कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडि सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स