सामाजिक सुरक्षा कोषमा जान राष्ट्र बैंकको जबरजस्ती, माग पुरा नभएसम्म नजाने बैंकरको अडान



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन सुचना जारी गरेको छ । राष्ट्र बैंकबाट इजाजतपत्त सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई योगददानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र नियमावली २०७५ अनुसार कोषमा सुचिकरण हुन बुधबार सुचना जारी गरेको हो ।

राष्ट्र बैंकले सुचना नै जारी गरेर कोषमा जान भनेपनि बैंकरहरु भने सरकारले आफ्नो माग पूरा नगरिदिएसम्म कोषमा आवद्ध नहुने बताउछन् । सरकार र राष्ट्र बैंकले दिएको निर्देशन ढिलो चाडो सबै बैंकहरुले मान्ने तर त्यसका लागि दोहोरो कर निीति हट्नु पर्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले क्लिकमाण्डूलाई बताए ।

‘कोषमा बैंक नजाने भनेको हैन, बिस्तारै जान्छौ तर हाम्रो माग पुरा भएपछि मात्र, उनले भने ‘राष्ट्र बैंकले सुचना गर्यो अब सरकारले हाम्रो माग पूरा गरे सहजै कोषमा सबै बैंकहरु जान्छन् ।’ सरकारी योजना तथा लक्ष्य सफल बनाउन सबैको जिमेवारी भएका हुँदा बैंकहरु आफ्नो माग सरकारले पूरा गरिदिए कोषमा आवद्ध हुने उनको भनाई छ ।
१ महिनाअघि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, सामाजिक सुरक्षाकोषका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीको संयुक्त बैठक बसेको थियो ।

उक्त बैठकमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा वित्तीय संस्थाहरुले समाना गर्नु परेको समस्याको विषयमा छलफल भएको थियो । पूर्व मन्त्री बिष्टले बैंकहरुलाई कोषमा आवद्ध हुन भइरहेको सम्पूर्ण समस्यालाई सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।


क्लिकमान्डु