नेपाल फाइनान्स समस्याग्रस्त अवस्थाबाट फुकुवा

168
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको छ ।

राष्ट्र बैंंकले सूचना जारी गर्दै २०७१ साल मंसिर १७ देखि राष्ट्र बैंंक ऐन २०५८ को दफा ‘८६ ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो ।

उक्त घोषणा २०७६ मंसिर २० गते को निर्णय अनुसार संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको जनाएको छ ।