किन सर्याे टाटा नेक्सन इभी सार्वजनिक हुने मिति, कहिले हुन्छ सार्वजनिक ?




काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो विद्युतीय कार नेक्सन सार्वजनिक हुने मिति परिवर्तन गरेको छ । सन् २०१९ को डिसेम्बर १७ मा डेब्यु गर्ने भनिएको नेक्सन डिसेम्बर १९ मा सार्वजनिक हुने निर्णय भएको कम्पनीले जनाएको छ ।

तर मिति परिवर्तन हुनुको खास कारणबारे कम्पनीले केहि खुलाएको छैन । तर सार्वजनिक हुने मिति केबल दुई दिनमात्रै सरेकोमा कम्पनी खुशी रहेको बताइएको छ ।

यो कार कम्पनीको नयाँ इलेक्ट्रिक पावरट्रेन प्रविधि जिप्ट्रोनमा निर्मित पहिलो कार हुनेछ ।

टाटाको यो नयाँ कारमा स्थाई म्याग्नेट एसि मोटर जडान गरिएको छ जसमा लिथियम आयोन ब्याट्री राखिएको छ । एकपटक गरेको फुल चार्जले २ सय ५० देखि ३ सय किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।

साथै यो कार गुडदै गर्दा पनि ब्याट्री रिचार्ज हुने सिस्टम फिट गरिएको कम्पनीले जनाएको छ । यो गाडीमा कम्पनीले ८ वर्षको वारेन्टी दिनेछ ।


क्लिकमान्डु