कामना सेवा विकास बैंकले भक्तपुरको लोकन्थलीमा शाखा थप्यो




काठमाडौं । कामना सेवा विकास बैंकले भक्तपुरको लोकन्थलीमा नयाँ शाखा खोली कारोबार सञ्चालन गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा आफ्नो १०६औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाका वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँमा रहेका १०६ वटा शाखा तथा ५५ वटा एटिएम मार्फतसेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु