सेयर बजारमा सामान्य सुुधार, कारोबार रकम आधा अर्ब नजिक



काठमाडौं । सेयर बजारमा क्रमिक रुपमा सुधार हुन थालेको देखिएको छ । तै पनि सोमबारको तुलनामा मंगलबार नेप्से मापन गर्ने सूचक कम भएपनि कारोबार रकममा भने सुधारमा देखिएको छ । नेप्से मापन गर्ने सूचक २.४८ अंकले बढेर ११५१.३६ बिन्दुमा रोकिएको छ । नेप्सेले लगानीकर्ताहरुको ११५० को मनोवैज्ञानिक बिन्दुलाई तोडेको छ ।

१७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता सेयर ५० करोड ३ लाख २८ हजार ९१५ रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ ७.०९, होटल २८.१८, माइक्रोफाइनान्स १.८८, जीवन बीमा कम्पनीको ९.१४, ट्रेडिङको २३.७६अंकले बढेको छ ।

कारोबार रकमको आधारमा माछापुच्छे« बैंक अग्रस्थानमा रहेको छ । माछापुच्छे« बैंकको ७ करोड ५३ लाख २७ हजार ९२० रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक, कृषि विकास बैंक रहेको छ ।

नयाँ नेपाल लघुवित्त विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माउन्टेन हाईड्रो नेपाल, साल्ट टे«ेडिङ कर्पोरेशन, लुम्बिनी विकास बैंकका लगानीकर्ताले कमाएका छन भने अरुन कावेली पावर, नेशनल हाईड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु