रिलायन्स फाइनान्सले दियो दिदी–बहिनी समुहलाई सडक बत्ती




काठमाडौं । रिलायन्स फाइनान्सले एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व”अन्तर्गत पोखरास्थित पोखरेली दिदी वहीनी समुहलाई सडक बत्ती सामाग्री वितरण गरेको छ ।

एक कार्यक्रमकाबीच पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले समुहकी अध्यक्ष शान्ति क्षेत्री बानियालाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् । कार्यक्रममा शाखा प्रमुखले फाइनान्सद्धारा सञ्चालित कार्यक्रमहरु केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै महत्व राखी आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको र निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताए ।

रिलायन्स फाइनान्सले देशभिरी प्रधान कार्यलय सहित ११ वटा शाखा कार्यालय बाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा लगाएताका विभिन्न सुविधाहरु प्रदान गरेको फाइनान्सका शाखा प्रमुख पौडेलले बताए ।


क्लिकमान्डु