एनआईसी एशिया लघुवित्तले आइपिओ जारी गर्ने



काठमाडौं । एनआईसी एशिया बैंककोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

ढकालले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


क्लिकमान्डु