नेप्सेले गर्यो सूचीकृत संस्थाको वर्गिकरण, वर्ग ‘ए’ मा ९ वटा मात्रै वाणिज्य बैंक !

क्लिकमान्डु २०७६ मंसिर २४ गते १३:२२ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संस्थाहरुको वर्गिकरण गरेको छ । नेप्सेले वर्ग ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’मा विभाजन गरेको छ । जसमा ए वर्गमा १० वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । त्यसमा पनि ९ वटा वाणिज्य र एउटा विकास बैंक रहेका छन् ।

नेप्सेमा सूचिकृत २७ वटा वाणिज्य बैंक पनि ‘ए’ वर्गमा पर्न सकेका छैनन् । यस्तै वर्ग ‘बी’ मा नाग्दी पावर कम्पनी मात्रै रहेको छ । ३६ वटा कम्पनी भने ‘जी’ वर्गमा रहेका छन् । बाँकी अधिकांश कम्पनी ‘जेड’ वर्गमा रहेका छन् ।

नेप्सेले सूचना जारी गर्दै ,उक्त वर्गमा नपरेका बैंक तथा वित्तीय संस्थालाई आफु उल्लेखित वर्गमा नपर्नुको कारणसहित ३५ दिनभित्र नेप्सेमा आवेदन दिन आग्रह गरेको छ ।

 

नेप्सेले धितोपत्र सूचीकृत विनियमावली २०७५ को विनियम ११ को उपविनियम ८ बमोजिम सूचीकृत संगठित संस्थाको वर्गिकरण गरेको जनाएको छ ।

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स