कृषि विकास बैंकबाट सरकारले लाने भयो १ अर्ब ४२ करोड रुपैयाँ लाभांश



काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर तथा २४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर तथा २४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यस्तै सरकारको नाममा रहेको अग्राधिकार सेयरमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

६ प्रतिशत बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड हुने छ । कृषि विकास बैंकमा सरकारको ५१ प्रतिशत सेयर छ ।

सो आधारमा कृषि विकास बैंकबाट सरकारले १ अर्ब १० करोड नगद लाभांश पाउने छ । यसबाहेक सरकारको लगानीमा रहेको अग्राधिकार सेयरमा पाउने ६ प्रतिशत नगद लाभांश वापत सरकारी खातामा ३२ करोड जाने छ । सरकारले कृषि विकास बैंकबाट गतवर्षको नाफाबाट १ अर्ब ४२ करोड रुपैयाँ लग्ने छ ।


क्लिकमान्डु