एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट पाउने

126
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र द्वारिकाज होटलबीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १०% सम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।