सन् २०२६ सम्ममा झण्डै साढे २ करोड विद्युतीय गाडी उत्पादन हुने




काठमाडौं । पछिल्लो समय विद्युतीय गाडीको उत्पादनमा उत्साहजनक प्रगति देखिएको छ । संसारभर रहेका विभिन्न गाडी निर्माता कम्पनीबीच विद्युतीय गाडी उत्पादनमा प्रतिस्पर्धा शुरु हुन थालेको छ ।

परिणामस्वरुप सन् २०२६ सम्म २ करोड ४६ लाख युनिट विद्युतीय गाडी पुग्ने आँकलन गरिएको छ ।

फच्र्युन विजनेस इन्साइट्सले गरेको अनुसन्धान अनुसार विभिन्न गाडी निर्माता कम्पनीको उत्साहजनक प्रगति अनुसार सन् २०२६ सम्ममा विश्वभर विद्युतीय गाडीको संख्या झण्डै साढे २ करोड पुग्नेछ ।

उक्त अनुसन्धान अनुसार सन् २०१९ देखि २०२६ को बीचमा गाडीको उत्पादनमा ३२.३ प्रतिशतले बृद्धि हुनेछ । कुन क्षेत्रमा कति विद्युतीय गाडी उत्पादन हुनेछन भन्ने त्यस क्षेत्रले अपनाएको कार्बन इमिसन नियमले प्रभाव पार्नेछ ।

युरोपले सन् २०२६ सम्ममा कार्वन इमिसन १५ प्रतिशतले घटाउने योजना बनाएको छ । युरो–६ स्ट्याण्डर्ड जस्तै भारतले अपनाएको विएस–६ स्ट्याण्डर्ड सन् २०२० को अप्रिलदेखि प्रयोगमा आउनेछ । त्यसैगरी सन् २०२० देखि चीनले पनि चाइना–६ स्टयाण्डर्ड लागू गर्ने तयारीमा जुटेको छ ।

अनुसन्धानले देखाएको आँकडा अनुसार युरोपमा सर्वाधिक विद्युतीय गाडी उत्पादन हुने देखिए पनि एशियामा पनि उल्लेखनीय संख्यामा विद्युतीय गाडी उत्पादन हुनेछन् ।


क्लिकमान्डु