मासिक ४८ हजार किस्तामा कियाको स्पोर्टेज कार पाइने



काठमाडौं । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ कार सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो ।

यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार आफ्नो बनाउन पाइनेछ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पग्छ । बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ ।

देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा पनि किस्ताबन्दी सुविधा पाइने कम्पनीको भनाइ छ । यो गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गरिरहेको छ ।


क्लिकमान्डु