महिन्द्राको गाडी किन्दा ४ लाखसम्म छुट, कुन गाडीमा कति ?




काठमाडौं । प्राय सबै गाडी निर्माता कम्पनीले वर्षको अन्त्यतिर भारी छुट दिने चलन छ । गाडीको विक्रीदर धेरै बनाउनका लागि पनि कम्पनीले छुट दिँदै आएका छन् । विभिन्न कम्पनीले छुट घोषणा गरिरहेका बेला महिन्द्रो विभिन्न मोडलका गाडीमा छुट दिने घोषणा गरेको छ ।

महिन्द्राले दिएको जानकारी अनुसार अहिले गाडी किन्ने ग्राहकले ४ लाख भारतीय रुपैंयासम्म छुट पाउने छन् ।

महिन्द्राद्वारा उत्पादित अल्टुरास जि–गाडीको खरिदमा ग्राहकले सबैभन्दा धेरै अर्थात् ४ लाख सम्म छुट पाउनेछन् । त्यसैगरी महिन्द्राकै उत्पादन मराज्जो मोडलमा १ लाख ७५ हजारसम्म छुट हुनेछ ।

निकै नै मन पराइएको महिन्द्रा स्कार्पियोमा पनि ८५ हजारसम्म छुट दिने योजना कम्पनीले सार्वजनिक भएको छ । ग्राहकले छुट पाउने अर्को गाडी रहेको छ महिन्द्रा एक्सयुभि–५०० मोडल । यो गाडीमा पनि स्कार्पियोमा जस्तै ८५ हजारसम्म छुट हुनेछ ।

महिन्द्राकै अर्को उत्पादन हो टियुभि–३०० । यो गाडीमा भने कम्पनीले ८० हजारसम्म छुट दिने छ । कम्प्याक्ट एसयुभि सेग्मेन्टमा उत्पादित एक्सयुभि–३०० मोडलमा पनि ग्राहकले ७५ हजारसम्म छुट पाउनेछन् ।

त्यसैगरी छुट दिने सूचीमा रहेको अर्को गाडी हो केयुभी –१०० एनएक्सटी जसमा ६० हजारसम्म छुट हुनेछ ।  महिन्द्राको बेस्ट सेलिङ भेइकलको सूचीमा रहेको महिन्द्रा बोलेरोमा पनि ४० हजारसम्म छुट दिने कम्पनीले जानकारी दिएको छ । – एजेन्सी

 


क्लिकमान्डु