टाटा मोटर्सको थ्री–एस वर्कशप हेटौडामा शुरु




काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा वर्कशपको उदघाटन गरेका थिए ।

उक्त समुद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष, सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारी र ग्राहकहरूको पनि उपस्थिति थियो ।


क्लिकमान्डु