ग्लोबल आइएमई बैंकका सिइओ परशुराम कुंवर क्षेत्रीले पदभार सम्हाले

280
Shares


ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा  परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन्र ।  ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार सुरु भएको हो ।

तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए। यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

वि.सं. २०४२ सालदेखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंकको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब साढे तीन वर्ष काम गरेका थिए ।