एभरेष्ट बैंकद्वारा स्कुल भ्यान सहयोग




काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको धापाखेलमा रहेको सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

एसजीसीपी एक गैर–सरकारी तथा गैर–नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ ।

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले बैंकका अधिकारीहरु र एसजीसीपीका टोलीहरुको उपस्थीतिमा स्कुल भ्यान हस्तान्तरण गरेका छन् ।

बैंकले हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु