मारुती सुजुकीको सियाज कारमा पनि डेढ लाखसम्म छुट हुने




काठमाडौं । मारुती सुजुकीद्वारा उत्पादित सियाज कारमा डेढ लाखसम्म छुट हुने भएको छ ।  डिजल भेरियन्टका सियाज कारको स्टक क्लियर गर्ने योजना अनुरुप कम्पनीले छुट दिने निर्णय गरेको हो ।

सन् २०२० को अप्रिलदेखि मारुती सुजुकीले उत्पादन गर्ने अधिकांश गाडी पेट्रोल भेरियन्टमा मात्र उपलब्ध हुनेछन् । मारुती सुजुकीले डिजल भेरियन्टका गाडी उत्पादन गरेपनि ति सबै गाडी बिएस-६ मापदण्ड अनुसार उत्पादन हुनेछन् ।

डिजल इन्जिनका सियाज कारको स्टक क्लियर गर्ने योजना अनुरुप भारतमा रहेका सबै डिलरलाई कम्पनीले छुट दिन निर्देशन दिइसकेको छ ।

सियाज रेन्जका कारमध्येबाट १.३ लिटर डिजल मोडलको कारमा सर्वाधिक छुट हुनेछ ।

सियाज १.५ लिटर डिजल इन्जिन रहेको गाडी ६ स्पिड म्यानुअल गियरबक्समा उपलब्ध छ जसमा १ लाख २५ हजार भारतीय रुपैयाँ छुट हुनेछ । उक्त छुट क्यास, कर्पोरेट डिस्काउन्ट, एक्सचेञ्ज अफर र निशुल्क ५ वर्षे एक्सटेन्डेड वारेन्टीमध्ये जुनसुकै हुनसक्ने कम्पनीले जनाएको छ ।

बिएस-६ मापदण्ड अनुसार गाडी उत्पादन गर्नुपर्ने भएकाले डिजल भेरियन्टका गाडीमा विभिन्न कम्पनीले छुट दिन शुरु गरेका छन् । सन् २०२० को अप्रिलदेखि प्रायः सबै गाडी बिएस–६ मापदण्ड अनुसार उत्पादन हुनुपर्नेछ ।

स्टक क्लियर गर्नका लागि रेनोले पनि डिजल भेरियन्टको डस्टर गाडीमा छुट दिने घोषणा गरिसकेको छ ।


क्लिकमान्डु