सेञ्चुरी बैंकले चरिकोटमा गर्यो वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससंगको संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणालि, लेखा तथा कर सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा ११४ जनाभन्दा बढीको सहभागी थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


क्लिकमान्डु