कर बढाएका कारण धरानमा चुनाब हारेको नेकपाको निष्कर्श, घटाउन निर्देशन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले त्यहाँको संसदीय दललाई करको दर घटाउन निर्देशन दिएको छ ।

विगतमा उच्च मात्रामा करको दर बढाउँदा जनमानसमा नकरात्मक असर पर्न गई गएको उपचुनाव हार्नु परेको निष्कर्श निकाल्दै नेकपाले र घटाउन निर्देशन दिएको हो ।

कम्युनिष्टको किल्ला मानिने धरानमा गएको उपनिर्वाचनमा पहिलोपटक नेपाली कांग्रेसले चुनाव जितेको छ ।

धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्‍याएको थियो । अन्य कर पनि छिमेकी स्थानीय तहको तुलनामा धेरै बढी थियो ।

धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठकले करका दर पुनरावलोकन गर्न निर्देशन दिएको नेकपाले बताएको छ ।

‘निर्वाचनका सन्दर्भमा जनताको घरदैलोमा जाँदा विभिन्न तहबाट लागु गरिएका करहरू प्रति जनताको व्यापक गुनासाहरू र असन्तुष्टिहरू पाइएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरू गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ नेकपा धरानले भनेको छ ।


पुष्प दुलाल