यूनाइटेड फाइनान्सले कति दिने भयो लाभांश ?



काठमाडौं । यूनाइटेड फाइनान्सले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ ।

फाइनान्सको सञ्चालक समितिको २४० औं बैठकले जगेडा कोषमा रहेको वितरण योग्य रकम मध्ये ३ प्रतिशत बोनस दिने निर्णय गरेको छ । यस्तै आव २०७५-०७६ को बितरणयोग्य मुनाफाबाट कर सहित ७.२५६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ ।


क्लिकमान्डु