सेयर बजारको यस्तो कम्पनी,जसको सेयर मूल्य एक महिनामा ८० प्रतिशतले बढ्यो



काठमाडौं । लामो समयदेखि सेयर बजारमा निकै गिरावट आएको छ । बजारमा आएको गिरावटले गर्दा बजारबाट लगानीकर्ता बाहिरिएको चर्चा समेत छ ।

यति बेला बजारमा सेयर किन्नेको भन्दा बढी बेच्नेको चाप परिरहेको छ । बिक्रीको चाप थेग्न नसक्दा बजारमा गिरावट आइरहेका छ । बजारमा गिरावट आएको समयमा लगानीकर्ताहरुले पनि निकै कमाएका छन् । तर साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले भने यो एक महिना कै अवधिमा मनग्य कमाएका छन् ।

सेयर बजारमा साल्ट ट्रेडिङको १५ लाख ३५ हजार ४१८ कित्ता सेयर रहेको छ । यो कम्पनीको सेयर धेरै लगानीकर्तासँग पनि छैन । तैपनि यही कम्पनीको सेयर मूल्य भने निकै रहेको छ । यतिबेला यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताले मनग्य कमाएका छन् ।

एक महिनाको तथ्याङक हेर्दा साल्ट ट्रेडिङ का सेयर मूल्य प्रति कित्ता ५३० रुपैयाँले बढेको छ । कात्तिक १९ गते प्रतिकित्ता ६५८ रुपैयाँ प्रतिकित्ता सेयर रहेको बैंकको मंसिर १७ गते (मंगलबार)सम्म आईपुग्दा ११८८ रुपैयाँमा कारोबार भएको छ ।

कात्तिक १९ गतेबाट निरन्तर उकालो लागेको साल्ट ट्रेडिङको सेयर मूल्य मंसिर ५ गते प्रति कित्ता १५१६ रुपैयाँ पुगेको थियो । त्यसपछि भने साल्ट टे«डिङको सेयरमा गिरावट आएको देखिएको छ । साल्ट ट्रेडिङको सेयर बढ्दा पनि धेरै रकमले बढ्ने गरेको छ भने घट्दा पनि धेरै रकमले घटेको छ । सोमबार प्रति कित्ता १२५६ रुपैयाँ रहेकोमा सोमबार प्रति कित्ता ६८ रुपैयाँले घटेर ११८८ रुपैयाँमा कायम भएको छ । जानकार लगानीकर्ताका अनुसार यस्ता कम्पनीको थोरै सेयर ठूला लगानीकर्तामा हुने र उनीहरुले आफु अनुकुल बजार तलमाथी गर्न सक्छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले लगानीकर्ताहरुलाई लाभांशमा भने असन्तुष्ट बनाएको छैन । साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७४/७५ मा ३५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस २५ र नगद लाभांश १० प्रतिशत रहेको छ ।
यस्तै आव २०७३/०७४ मा पनि ३५ प्रतिशत लाभांश रहेको छ । जसमा बोनस सेयर २५ र नगद लाभांश १० प्रतिशत, आव २०७३/७३ मा बोनस २०, नगद ५, आव २०७१/०७२ मा बोनस १५, नगद १०, आव २०७०/०७१ मा बोनस १०, नगद १०, आव २०६९/०७० मा बोनस १० र नगद १५, आव २०६८/०६९ मा बोनस १०, नगद १५, आव २०६७–०६८ मा बोनस ३५ र नगद १० लाभांश दिएको थियो ।


क्लिकमान्डु