अजोड इन्स्योरेन्स र एनआईसी एशियाबीच अनलाइन भुक्तानी गर्ने सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी. एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै एनआईसी. एशिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी एशिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु