सात जिल्लामा न्यायाधीश नियुक्त
काठमाडौं । न्याय परिषद्ले रिक्त ७ जिल्लामा न्यायाधीशमा सिफारिस गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले ७ जिल्लाका लागि न्यायाधीश सिफारिस गरेको हो । सर्वोच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि बसेको बैठकले जिल्ला न्यायाधीशमात्र सिफारिस गरेको हो ।
सिफारिस ७ जनालाई मंगलबार नै नियुक्त गरिएको छ ।
न्याय परिषद्ले गेहेन्द्रराज पन्तलाई भोजपुर जिल्ला अदालत, विद्याराज पौडेललाई रुकुम जिल्ला अदालत, महेन्द्रराज काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, टेकराज जोशीलाई डोल्पा जिल्ला अदालत, इन्दिरा शर्मालाई झापा जिल्ला अदालत, मनकुमारी जीएम विकलाई बाँके जिल्ला अदालत र रिताकुमारी बख्रेललाई सप्तरी जिल्ला अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीहरुलाई सिफारिस गरेको हो ।