युनाईटेड इन्स्योरेन्स र एसआरएल डायग्नोस्टिक्सबीच १५ प्रतिशत छुट दिने सम्झौता




काठमाडौं । युनाईटेड ईन्स्योरेन्स र एसआरएल डायग्नोस्टिक्स नेपालबीच सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता पत्रमा युनाईटेड ईन्स्योरेन्सका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपालका आधिकारिक प्रतिनिधि रविन्द्र रत्न तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा दुबै संस्थाका तर्फबाट सम्झौता बमोजिम एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड ईन्स्योरेन्स कम्पनीका ग्राहकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरु समेतका लागि १५ प्रतिशत छुट दिने भएको हो ।


क्लिकमान्डु