बल्ल देखियो सेयर बजारमा सामान्य सुधार



काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार भने सामान्य सुुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ३.७५ अंकले बढेर १११५.७४ बिन्दुमा रोकिएको छ ।

१७२ कम्पनीको १० लाख १० हजार ९९१ कित्ता सेयर २६ करोड ६८ लाख १ हजार ५५८ रुपैयाँको सेयर कारोबार भएको छ । १२ वटा समुहको कारोबारमा बैंकिङ २.२९, होटल ६.९४, जलविद्युत कम्पनी ६.०५, निर्जीबन बीमा कम्पनीको १९.६४, उत्पादन तथा प्रशोधन २२.८९, माइक्रोफाइनान्स समूहको १४.६४ र जीवन बीमा समूहको उपसूचक ६३.७९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा सिद्धार्थ बैंकको संस्थापक अग्रथानमा रहेको छ । बैंकको २ करोड ६० लाख ९५ हजार ५५० रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

घोडाघोडी लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाईड्रोपावर, हिमालयन डिस्ट्रिलरी, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन, गुँरास लघुवित्त वित्तीय संस्था, बेस्ट फाइनान्स कम्पनी, मुक्तीनाथ विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु