प्रदेश नम्बर ५ का लगानीकर्ताको निष्कर्शः अर्थमन्त्री खतिवडाकै कारण सेयर बजार सुस्तायो



काठमाडौं । प्रदेश नं. ५ का सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाकै कारण सेयर बजार सुस्ताएको बताएका छन् ।

लगानीकर्ताहरुसँग अन्तक्र्रिया गर्न ५ नम्बर प्रदेशमा पुगेका सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरी ढकाल र दबाब समूहकै गोपाल स्वामीसँगको अन्तक्र्रियामा लगानीकर्ताहरुले यस्तो बताएका हुन् ।

दबाब समूहले १५ जना लगानीकर्तासँग सेयर बजारमा विषयमा छलफल गरेको छ ।

‘डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा हामी धेरै लगानीकर्ता खुसी थियौं, उहाँ धेरै बुझेको मान्छे, उहाँ आएपछि सेयर बजारमा सुधार आउने अनुमान गरेको थियो, त्यसो हुन सकेन,’ लगानीकर्ता विष्णु चापाँगाईले भने ।

अर्थमन्त्री डा. खतिवडाले विभिन्न समयमा दिएको अभिव्यक्तिका कारण बजारमा गिरावट आएको उनको भनाई छ ।

कार्यक्रममा दबाब समूहका संयोजक हरी ढकालले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुको विकल्प नभएको बताए । नेप्सेले बैंकका सहायक कम्पनीको फाइल रोकी राख्ने हो भने ब्रोकरको शाखा कार्यालय विस्तारमा ध्यान दिनुपर्ने बताए ।

पहिला बैंकहरुले सहायक कम्पनी खोल्ने भनेपनि पछिल्लो समयमा बैंकहरुले नै बेवास्था गर्न थालेको जस्तो देखिएको बताए । उनले पुसपछि बजार सुधार हुँदै जाने र त्यसपछि गरेको लगानीले कम्तीमा दुई वर्षमा राम्रो प्रतिफल पाउन सकिने उनको भनाई छ ।

कार्यक्रममा लगानीकर्ताल स्वामिले अर्थमन्त्रीको पहलमा ल्याएको ५८ वटा बुँदा कार्यान्वयनमा मन्त्रीले नै तदारुकता नदेखाएको, त्यसको कार्यान्वयनको विषयमा जानकारी नलिँदा बजारमा सुधार आउन नसकेको बताए ।

उनले भने ‘सेयर बजारको अर्को बाधक भनेको नेप्सेले ल्याएको अनलाइन प्रणाली पनि हो । यसले गर्दा धेरै ढिला सुस्ती भइरहेको छ । अनलाइनको विषयमा पनि मन्त्रालयले गम्भिर रुपमा हेर्नुपर्ने भएको छ ।’ उनले पनि बजार विकास नहुनुको कारण अर्थमन्त्री खतिवडालाई नै देखाए ।

लगानीकर्ताहरुले देशको आर्थिक सूचक राम्रो हुँदाहुँदै पनि बजारमा किन खस्किरहेको छ भन्दै चिन्ता जनाएका छन् ।


पुष्प दुलाल