राष्ट्र बैंकका गभर्नर नेपालले भनेः म कसैको प्रोभोकमा परेर काम गर्दिन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आफू कहिल्यै पनि प्रोभोगमा नपर्ने बताएका छन् । आर्थिक पत्रकार समाजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले यस्तो बताएका हुन् ।

उनले भने ‘मेरो दुई छेउमा उद्योगीहरु (दायाँ शेखर गोल्छा, बाँया शतिस मोर) हुनुहुन्छ म उहाँहरुको प्रोभोगमा पर्दिन, म जे गर्छु अध्ययन गरेर गर्छु, नेपाल राष्ट्र बैंकले नीति लामो अध्ययन गरेर ल्याउने हो, र त्यो नीतिले पछि असर पार्छ, जुन सकारात्मक हुन्छ ।’

त्यो पोलिसी सबैले थाहा पाउन आवश्यक रहेको उनको भनाई छ । जनताको पैसा चलाउने प्रोफेसन हुनुपर्ने नेपालको भनाई छ । उनले राष्ट्र बैंकले कुनै पनि नीति कसको रिसमा, कसैको ह्विमको भरमा, कसैमाथी चित्त नबुझेर ल्याउने नगरेको बताए ।’

उनले बैंकको ब्याजदर चित्त बुझेन भन्दैमा कलम किन्न ३ प्रतिशत, गाडी किन्न २ प्रतिशतमा ब्याजले भन्ने बित्तीकै त्यति मा नै ब्याज दिन नसकिने बताए । ब्यापार व्यवसाय गर्न र देशको उत्थानमा काम गर्नको लागि र निर्णय योग्य बस्तुमा पनि सहुलियत दिएको बताए । उनले भने ‘त्यसको लागि हामीले सहुलियत कर्जा दिएका छौं ।’

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू महासंघको नेतृत्वमा आउँन लागेको र आएपछि अर्थतन्त्र सुधार, व्यापार घाटा न्यूनिकरण गर्नको लागि काम गर्ने बताए ।

उनले ब्याजदरको बिषयमा आवाज उठाउन आवश्यक रहेको बताए । ब्याजदर खुला अर्थतन्त्र अनुसार नभएको भन्दै उनले यसमा राष्ट्र बैंकले नियमन बढाउनु पर्ने बताए । यति बेला बैंकहरु राष्ट्र बैंकको नियम नमान्ने र ब्याज नघटाउने तर्फ लागेको गोल्छाको तर्क छ ।

उनले भने ‘ब्याज घटाउने हो भने विदेशीसँग प्रतिस्पर्धा गरेर ब्यापारघाटा घटाउन सकिन्छ ।’ ब्याजदरको कारण पनि निजी क्षेत्र प्रोत्साहित हुन नसकेको गोल्छाको भनाई छ ।

कार्यक्रममा उनले अहिले सम्पतिको अभिलेखिकरण नभएको र यहि समयमा सम्पतिकरले निजीक्षेत्र हच्किएको बताए । उनले भने ‘अभिलेख राखेर मात्रै अघि बढांअाै, अध्ययन भएन भने यसले लगानी घट्छ । लगानी बढाउन आवश्यक छ ।’ उनले नेपालमा लगानी बढाउने बातावरण सरकारले तयार पार्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले देशमा अब आर्थिक क्रान्ति आवश्यक रहेको बताए । उनले भने ‘अब देशमा राजनीतिक मुद्दा सकियो, आर्थिक क्रान्तिमा लाग्दा कहिकतै कमजोरी भयो भने सिधै थुनकेछ गर्नु हुँदैन । त्यो व्यवहारिक छैन, त्यसले उद्योगीमा वितृष्णा हुन्छ ।’

सरकारले ल्याउने ऐनमा भएको थुनछेक जस्ता व्यवस्थाले गर्दा लगानी नबढ्ने, उद्योग नथपिने जस्ता समस्या देखिने मोरको भनाई छ । देशमा आर्थिक क्रान्ति गर्नको लागि स्वदेशी पुँजीले मात्रै नपुगेर विदेशी पुँजी पनि चाहिने भएकोले उनीहरु पनि नेपालमा टिक्न सक्ने खालको बातावरण आवश्यक रहेको उनको भनाई छ ।

उनले भने ‘विदेशी लगानी सहजै ल्याउने हो भने हेजिङमा परिमार्जन गर्न आवश्यक । गैर आवासीय नेपाली पनि नेपालमा लगानी गर्न खाजिरहेका छन्, त्यसको लागि सरकारले बाटो खुलाउन आवश्यक छ ।’

कार्यक्रममा सेजन अवार्डबाट मातृका दाहाल, केदार दाहाल सम्मानित भएका छन् । यस्तै राजु बास्कोटाले हाइड्रो फेलोसीप पाएका छन् ।

कार्यक्रममा स्वर्गीय संजय न्यौपाने पत्रकारीता फेलोसिप रमेश कुमारले पाएका छन् । सोही कार्यक्रममा नितु पन्डित, जुनारबाबु बस्नेत, रामप्रसाद दाहाल र शिव दुवाडीलाई सम्मान गरिएको छ ।


क्लिकमान्डु